सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति

सिम्ता ७, सुर्खेत

सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० फाल्गुन १४ गते

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सिम्ता गाउँपालिका सुर्खेतमा संचालित खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोछ ।

समुह क :       एच.डि.पि. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य साामाग्रीहरु (रड, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)

समुख ख :     फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरु)

समुह ग :       सिमेन्ट (ओ.पि.सि. ५३ ग्रेड)

शर्तहरु:

  • दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

सिलवन्दी दरभाउपत्र पाइने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत अथवा, सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:   टेन्डर फारम

दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८३ ५२१२८२ नं. मा सम्पर्क गर्न सकिनेछ ।

  • दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:

दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८० फाल्गुन २९ गते (१२ मार्च २०२४), दिउसो १२ बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत

  • म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
  • दरभाउपत्र पेश गर्ने सप्लायरले संयुक्त खरिद समिति वा उपभोक्ता समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।
  • सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:
  • मिति: २०८० फाल्गुन २९ गते (१२ मार्च २०२४), दिउसो १ बजे

स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत 

सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

  • सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ । 
  • यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
  • दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ तपशिलमा उल्लेखित विवरण वमोजिमको शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : KHAMARI THARIYA KHANEPANI TATHA SARSAPHAI UPABHOKTA SAMITI

जमानत रकम र मान्य अवधि रु. : ७०,००० (सत्तरी हजार रुपैया मात्र) मान्य अवधि: ७५ दिन (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी)

जारी गर्ने वैंकको किसिम : नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट मात्र

खरिद समिति

खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिम्ता ७, सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.