प्रथम पटक प्रकाशित मिति २०८३ बैशाख ३१
सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउँपालिकामा संचालित भएको My Forest Child कार्यक्रम अन्तरगत निर्माणसंग सम्बन्धि सामग्रीहरु आवश्यक परेकोले उक्त सामग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८३ जेठ ४ गते वेलुका ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
सिलवन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१.सिलवन्दी कोटेशन पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
–कर चुक्ताको प्रमाण पत्र (२०८१/२०८२) को प्रतिलिपि
–पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
–कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
२.ढुवानी आपूर्तिका शर्तहरुः
– उक्त सामाग्रीहरु केन्द्रीय कायालय वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत सम्म आपूर्ती पर्नेछ ।
– सामाग्रीहरुको विवरण यसै साथ संलग्न गरिएको छ ।
– कोटेशन पठाउदा दिइएको सामग्रीको शिलबन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन ।
– म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका कोटेशहरु मान्यहुने छैन ।
– तोकिएको समय भन्दा पछाडी पेश भएका कोटेशन मान्य हुने छैन र कोटेशन रद्द हुनेछ ।
– यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ९० दिन भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
– सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।
३.भूक्तानीः
–संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
Quotation Doc: Quotation fom
४. छनौटका आधारहरु
–कानुनी प्रक्रिया पुरा गरेको
–सामग्रीको मूल्य ८० प्रतिशत
– क्षमता आपूर्ति गर्न सक्ने समय, सामग्रीको मौज्दात, गुणस्तर र कार्य अनुभवः २० प्रतिशत
५. सामग्रीको मौज्दात (मौज्दात परिमाण स्पष्ट खुलाउनु पर्नेछ)
–छ वा छैन ………………………….
६. सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ)
–१) अर्डर गरेको………………दिन
७. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ)
– कार्यअनुभव छ÷कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)
८.सिलवन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः
–शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ जेठ ४ गते वेलुका ५ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ सुर्खेत साथै उक्त सुचना समाज जागरण केन्द्र (स्याक) नेपालको official web site वाट पनि उपलब्ध हुनेछ ।
–कोटेशन खोल्ने समय २०८३ जेठ ५ गते दिनको ११ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
–कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।
सामग्री विवरण
| सि.न. | विवरण | ब्राण्ड, साईज, स्पेशिफिकेशन | इकाई | परिमाण |
| 1 | G.I gabian wire 1.5m height and 200 mtr.length fencing Net/Mesh fencing | 10 swg Galvanized coated | Kg | 600 |
| 2 | Angle pole 5.4kg@1.8m length with holdfast | Painted with metal primer and black paint | Kg | 1638 |
| 3 | Angle gate 1nos | Painted with metal primer and black paint | Kg | 18 |
| 4 | Gabian wire for mesh fencing | Painted with metal primer and black paint | Kg | 15 |
| 5 | G.I Barbed Wire 12 swg | 12 swg Galvanised coated | Kg | 542 |
थप जानकारीका लागी
खरिद-उप समिती
समाज जागरण केन्द्र (स्याक) नेपाल
फोन नं. ०८३५२१२८२


Leave A Comment