टेन्डर आह्वान सम्बन्धि सूचना

समाज जागरण केन्द्र (स्याक) नेपाल

केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत

प्रथम पटक सूचना प्रकाशित मितिः २०८१।०१।०४ गते

यस कार्यालयको खरिद उप–समितिको मिति २०८१।०१।०३ गतेको बैठकको निर्णय अनुसार Plan International Nepalसँगको साझेदारीमा जाजरकोट र रुकुम जिल्लामा सञ्चालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का सामग्रीहरू खरिद गर्नु पर्ने भएकाले देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि पहिलो पटक सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयले उपलब्ध गराएको टेन्डर फाराम भरी सोको भोलिपल्ट दिनको १२:०० बजे  भित्र यस कार्यालयमा दर्ता गराउनुहुन सम्वन्धित इच्छुक योग्य आपूर्तिकर्ताहरूका लागि सूचना प्रकाशित गरिएको छ ।  

S.NoItems descriptionUnitEstimated Quantity Required
1Ordinary Portland Cement (OPC), NS certified, 43 Grade and 50 Kg/bag must be in fully workable conditionBag170
28 mm ø, Fe 500 TMT steel reinforcement bar with NS certification, no or less rustedKg150
3Soft and ductile Binding Wire (0.8mm), not rustedKG105
440mmø GI Pipe with Cap heavy galvanized (0.8 RM/piece)No9
532 mm ø HDPE Pipe 8Kgf (12.5 PN)RM2400
625 mm ø HDPE Pipe 8Kgf (12.5 PN)RM5100
720 mm ø HDPE Pipe @10Kgf (12.5 PN)RM7300
816 mm ø HDPE Pipe @10Kgf (12.5 PN)RM300
9500 liter capacity, High Denise Poly Ethylene (HDPE ) Extra Heavy Water tank (36 ø, 3layer Plastic)No3
10Mild steel water tank stand @ 40Kg weight, 9 feet tall- made in perfect welding of angular sections, provided with top railing and cross bracing.No2
11Germ Protection Soap (100 gram)No216
12Tap stand fittings with medium gauze NS certified brass water tap (Hulas/Arati or equivalent)No17
13PVC Pipe FittingNo2

१. टेण्डर फाराम बुझाउने अन्तिम म्याद २०८१ वैशाष ११ गते दिनको १२:०० बजे सम्म ।

२. प्राप्त भएका टेण्डर फारामहरू २०८१ वैशाष ११ गते दिनको १:०० बजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्बन्धित आपुर्तिकर्ताहरूको रोहवरमा खोलिने छ यद्यपि आपुर्तिकर्ताहरू उपस्थित नभएमा पनि टेण्डर फाराम खोल्न कुनै वाधा पर्ने छैन ।

३. टेण्डर फाराम पेश गर्दा आपुर्तिकर्ताले तपसिल अनुसारका कागजातहरू यस कार्यालयमा पेश गर्नु पर्ने छ ।

    क) टेण्डर पेश गरेको निवेदन

    ख) मुअकर दर्ता प्रमाण पत्र/प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि  र   आव २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

    ग) उद्योग वाणिज्य र अन्य सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको अन्तिम नविकरण सहितको प्रतिलिपि

    घ) २०८० श्रावण १ पछि दर्ता भएकोलाई कर चुक्ता आवश्यकता नपर्ने । 

४. टेण्डर फाराम पुर्ण वा आंशिकरुपले स्वीकृत गर्ने वा नगर्ने अधिकार यस सस्थामा निहित रहने छ ।

५. प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरकम परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । टेन्डर फाराममा अक्षर र अंक कुनै एक मा खुलेको हुनु पर्नेछ । साथै कुनै अंक वा अक्षरमा केरमेट भएमा एक पटक काटि सहिछाप लागेको हुने पर्नेछ । अन्यथा टेन्डर फारामहरू स्वतः रद्ध हुसक्नेछ ।

६.  आपुर्तिकर्ताले सामग्रीहरूको टेन्डर फाराम भरिसके पश्चात संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेत वा परियोजना कार्यालय, खलङ्गा, जाजारकोटमा शिलबन्दी फारम बुझाउन पर्ने छ ।

७.टेण्डर फाराममा कबोल गरेको जम्मा करयोग्य रकम बराबरको २.५ प्रतिशत धरौटि रकम क बर्गका बैंकहरूबाट समाज जागरण केन्द्र (स्याक) नेपालको नाममा बैंक ग्यारेन्टिको सक्कल पत्र वा सानिमा बैंक लि सुर्खेत शाखा, स्याक नेपाल (SAC Nepal) खाता नं. 030010010000362 मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्नेछ ।

८.  यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।

टेण्डर फारम : Quotation Form

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.