खानेपानी आयोजना मर्मत सामग्री सम्बन्धी शिलबन्दी कोटेशन
प्रथम पटक प्रकाशित मिति २०८१।०४।२४ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत २९ वर्ष देखि विभन्न सझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले Unicef को साझेदारीमा रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा खानेपानी तथा सरसफाई पुनस्थापना परियोजना गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आवहन गरिन्छ ।
विवरणः
१ खानेपानी आयोजना मर्मत सामग्री चौरजहारी नपा आयोजना स्थल Quotation Form
२ खानेपानी आयोजना मर्मत सामग्री त्रिवेणी गापा नपा आयोजना स्थल Quotation Form
शिलबन्दी कोटेशन पेश गर्ने दिने विधिः
कोटेशन पेश गर्न इच्छुक फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९÷८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) शिलबन्दी वा इमेल मार्फत एम्ँ मा पासवाड राखि प्रस्तावना पेश गर्न हुन जानकारी गराईन्छ । कोटेशन संस्थाबाट, स्याक नेपालको वईवसाइड वा अनलानई प्राप्त गर्न सक्नु हुनेछ । ठाउ अनुसारको कोटेशन छुट्टा छुटै पेश गर्नु पर्ने छ । कोटेशन पेश गर्ने अन्तिम मिति २०८१।०४।३० गते साझ ५ः०० बजेसम्म रहनेछ । इमेलमार्फत पनि कोटेशन पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएतापनि कोटेशन कार्सोयालय खुल्ला रहने भएकोले दिन पेश गर्नु पर्ने जानकारी गराईन्छ । कोटेशन खोल्ने समय २०८१ श्रावण ३० गते दिनको ५ः२० बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र खरिद उपसमितिले पूर्ण वा आशिंक कुनै पनि कोटेशन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
कोटेशन पेश गर्ने इमेल ः vacancysac1995@gmail.com
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
Leave A Comment