समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक प्रकाशित मिति २०८२ माघ २८ गते
सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । LWF Nepal काे आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको LICED कार्यक्रमका लागी आवश्यक परेकोले उक्त सामग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८२।११।०५ गतेसम्म दिउसो ५ बजेसम्म शिलबन्दि कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
सिलवन्दी दरभाउपत्र सम्बन्धि शर्तहरुः
१. सिलवन्दी दरभाउ पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
– कर चुक्ताको प्रमाण पत्र (२०८१/२०८२) को प्रतिलिपि
– पान / भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
– कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. ढुवानी / आपूर्तिका शर्तहरुः
उक्त सामाग्रीहरु स्याक नेपाल वी.न.पा १२ सुर्खेत सम्म आपूर्ती र ढुवानी गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/ अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
सामाग्रीहरुको विवरण यसै साथ संलग्न गरिएको छ ।
कोटेशन पठाउदा दिइएको सामग्रीको शिलबन्दी तथा लाह छाप गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन ।
म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका कोटेशहरु मान्यहुने छैन ।
तोकिएको समय भन्दा पछाडी पेश भएका कोटेशन मान्य हुने छैन र कोटेशन रद्द हुनेछ ।
यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ९० दिन भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।
३. भूक्तानीः
संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
४. छनौटका आधारहरु :
( कानुनी प्रक्रिया पुरा गरेको
( सामग्रीको मूल्य : ८० प्रतिशत
( क्षमता : आपूर्ति गर्न सक्ने समय, सामग्रीको मौज्दात, गुणस्तर र कार्य अनुभवः २० प्रतिशत
५. सामग्रीको मौज्दात (मौज्दात परिमाण स्पष्ट खुलाउनु पर्नेछ)
( छ वा छैन ………………………….
६. सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ)
( १) अर्डर गरेको………………दिन
७. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ)
( १) कार्यअनुभव छ÷कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)
८.सिलवन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः
शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२/११/५ गते दिउसो ५ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा सिलबन्दी दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना sacquotation@gmail.com शिलवन्धि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यलय खुल्ला हुने छ ।
कोटेशन खोल्ने समय २०८२/११/६ गते विहान ११ः०० बजे
स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत ।
प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न बाधा पर्ने छैन ।
कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ
दररेट फारम
| विवरण | ब्राण्ड, साईज, स्पेशिफिकेशन | इकाई | परिमाण | दर | जम्मा रकम | कैफियत कम्पनी र ब्राण्ड |
| १ | Flip chart
(Content includes illustration as well) Size: A3 Color: multi color Binding: Standard Spiral cover page and inner page
|
Pcs | 200 |
|
|
|
| २ | Poster (4*325=1300)
Size: A1 Paper quality: 200 GSM art paper Printing: one side Lamination: Yes Color: multi color Binding: Yes (top and bottom binding) |
Pcs | 1000 | |||
| ३ | Sticker with glue on the back side
Size: A5 Paper quality: 80 gsm sticker paper Lamination: Yes Color: multi color |
Pcs | 1000 | |||
| जम्मा |
|
|
||||
| १३ प्रतिशत भ्याट |
|
|
||||
| कुल जम्मा |
|
|
सप्लायर्स नाम :
ठेगाना :
स्थाई लेखा नम्वर (PAN) :
नाम :
दस्तखत :
मिति :
सम्पर्क नं :
छाप :
विस्तृत विवरण लिंकमा उल्लेख गरिएकोछ ।


Leave A Comment