समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर सुर्खेत
प्रथम प्रकाशित मिति २०८१ भाद्र २९
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्ष देखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०५।२९ देखि २०८१।०६।०४ गते दिउसो ३ः०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९/०८०) सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र फारम संस्थाको कार्यालयवाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा सिलवन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । सिलवन्दी दरभाउपत्र अनलाईन मार्फत पनि पेश गर्न सकिनेछ । अनलाईनबाट सिलवन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र पेश गर्न vacancysac1995@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउ पत्रमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र मिति २०८१।०६।०६ गते दिउसो ३ः०० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
तपशिल
सिलवन्दी दरभाउपत्रको छनौटका आधारहरु
क) सवारी साधन भाडा तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १५
३) उद्यारो दिनसक्ने समय ५
ख) होटल सेवा (खाना ,खाजा र नास्ता) तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) उद्यारो दिनसक्ने समय २.५
४) कार्यअनुभव २.५
५) वस्तु तथा सेवाहरुको गुणस्तर ५
ग) विऊ विजन तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) कार्यअनुभव २.५
४) उद्यारो दिनसक्ने समय २.५
५) वस्तु तथा सेवाहरुको गुणस्तर ५
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१ सिलवन्दी फारमको प्रत्येक पानामा सप्लायर्सको अनिवार्य रुपमा छाप तथा हस्ताक्षर हुनुपर्ने छ ।
२ प्रति इकाइको मूल्य अंक र अक्षरमा उल्लेख गर्नुपर्ने छ । यदि प्रति इकाई मूल्यमा केरमेट भएमा हस्ताक्षर तथा छाप अनिवार्य लगाउनु पर्ने छ ।
३ शिलबन्दी कोटेशन फारम सुचनामा उल्लेख भएको फारममा नै दररेट उल्लेख गर्नु पर्ने छ । सोहि अनुसार नभएमा शिलबन्दी कोटेशन अस्वीकृत गरिने छ
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
खरिद उपसमिति
Leave A Comment