प्रथम पटक प्रकाशित मिति २०८१/०३/०९
सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Digital Smart Board 4k Resolution आवश्यक परेकोले उत्त सामाग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८१।०३।१५ गतेसम्म साझ ५ बजेसम्म सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र संस्थाको कार्यालय र website: www.sacnepal.org.np बाटप्राप्त गर्न सकिनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ ।
नोट साथै शिलबन्दी दरभाउ पत्रमा उल्लेख भएका सामाग्रीहरु समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ शिवनगर टोल सम्मको ढुवानी लोड अनलोड सप्लायर्स स्वयमले ले नै व्यहोनु पर्ने छ ।
छनौटका आधारहरु निम्न अनुसार रहने छन ।
(१) वस्तु तथा सेवाको मुल्य ८० ( २) आपूर्ति गर्न सक्ने समय १० (३) सामाग्रीहरुको मौज्दात २.५ (४) कार्यअनुभव २.५
(५) सामाग्रीहरुको गुणस्तर ५
कोटेशन फारम : Quotation Form
शिलबन्दी दरभाउ पत्र पेश गर्ने विधिः
सिलवन्दी दरभाउपत्र पेश गर्न इच्छुक फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा २०७९।२०८० को करचुक्ता अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण,सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सकिने छ ।वा इमेल मार्फत PDF मा पासवाड राखि शिलबन्दी दरभाउपत्र पेश गर्न हुन जानकारी गराईन्छ । दरभाउपत्र पेश गर्ने अन्तिम मिति २०८१।०३।१५ गते साझ ५ बजेसम्म रहनेछ । इमेलमार्फत शिलबन्धी दरभाउ पत्र पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि दरभाउपत्र पेश गर्नु परेमा समाज जागरण केन्द्र (स्याक) नेपालको केन्दियकार्यालय वीरेन्द्रनगर सुर्खेत मा पेश गर्न सकिने छ । साथै दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन १२ बजेसम्म पेश गर्नहुन समेत जानकारी गराईन्छ । कोटेशन खोल्ने समय २०८१।०३।१६ गते दिनको १ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खोलिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्धी दरभाउ पत्र खोल्न वाधा पर्ने छैन ।
म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैन पूर्ण वा आशिंक कुनै पनि शिलबन्धी दरभाउ पत्र विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
प्रस्तावना पेश गर्ने इमेल vacancysac1995@gmail.com
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
Leave A Comment