सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८१ भाद्र ०१
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०५।१ देखि २०८१।०५।१५ गते साझ ५ बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९/०८०) सहित सिलवन्दी कोटेशन पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी कोटेशन संस्थाको कार्यालयबाट प्राप्त वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको १२ बजे भित्र पेश गर्नुपर्ने छ । सिलवन्दी कोटेशन अनलाई मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट सिलवन्दी कोटेशन पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी कोटेशन पेश गर्न vacancysac1995@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी कोटेशन पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी कोटेशन मिति २०८१।०५। १६ गते दिउसो १:०० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
सिलवन्दी दरभाउपत्र टेन्डरको छनौटका आधारहरु
क) फ्लेक्स प्रिन्ट तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
ख) कम्प्युटर, प्रिन्टर पार्ट तथा मर्मत तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
खरिद उपसमिति
निरन्तर सहयोग र समन्वयका लागि धन्यवाद
Leave A Comment