युवा उद्यमीहरुका लागि सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरिरहेको पावर फर एवाई परियोजनाको सहयोगमा व्यवसाय सुरु गरेका वीरेन्द्रनगरका युवाहरुका लागि एक दिने सिकाइ आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित उद्यमीहरुबीच व्यववसाय सञ्चालन गर्दा प्राप्त गरेका सिकाई, अवसर र समस्याका बारेमा छलफल गरिएको थियो । छलफल पछि उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न पशु विमा गर्ने, सहकारीमा आवद्ध हुने, व्यवसाय दर्ता गर्ने लगायतका कार्ययोजना बनाइएको छ । उद्यमशिलता विकास तालिम र जिवन उपयोगी सीप विकास तालिमले युवाहरुमा पारेको प्रभावका बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा सफल उद्यमीहरुले आफ्ना अनुभव सुनाएका थिए । पावर फर एवाई परियोजनाले सुर्खेतको वीरेन्द्रनगर र बराहताल गाउँपालिकामा युवाहरुलाई उद्यमशिलता विकासमा सहयोग गर्दै आएको परियोजनाका कार्यक्रम अधिकृत हरिभक्त कोइरालाले जानकारी दिनुभयो ।
त्यस्तै यसअघि परियोजना सल्लाहकार समितिको बैठक कार्तिक २७ गते वीरेन्द्रनगरमा र २९ गते बराहताल गाउँपालिकामा सम्पन्न भएको थियो । बैठकै सन्दर्भमा युवा उद्यमीहरुले गरेको व्यवसाय, विद्यालयमा सञ्चालन भएको जीवन उपयोगी सीप कक्षा र क्याचअप कक्षा, छात्रबृत्ति सहयोग, स्वास्थ्य संस्था र विपन्न परिवारमा निर्माण गरिएका शौचालयको अनुगमन गरिएको थियो । लगायतका बारेमा छलफल भएको थियो ।
Leave A Comment