बालमैत्री विद्यालय सुधारका लागि तीन दिने तालिम सम्पन्न
बालमैत्री शिक्षालाई संस्थागत गर्न र विद्यालय सुधार योजनाको प्रभावकारीता बढाउन ३ दिने क्षमता विकास तालिम गरिएको छ।
बालमैत्री विद्यालयको अवधारणा, विद्यालय सुधार योजना निर्माण प्रक्रिया, र विद्यालय स्वमूल्याङ्कनका साथै अवस्थाको, विश्लेषण बिद्यालय सुधार योजना निर्माण प्रकृया जस्ता बिषय बस्तुमा सहजीकरण गरिएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत नरेन्द्र रावलले जानकारी गराउनु भयो ।
छायाँनाथ नगरपालिकाका १५ सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक गरी २९ जनाको सहभागिता रहेको उक्त तालिमले विद्यालय सुधारको योजनालाई सही ढंगले कार्यान्वयन गर्न महत्त्वपूर्ण दिशानिर्देश प्रदान गरेको छ ।
नगर प्रमुख विष्णुकुमार भामले तालिमको समापन कार्यक्रममा यस अघि निर्माण भएका विद्यालय सुधार योजना अनुसार धेरै बिद्यालयमा पुर्वाधार निर्माण नगरले गरिसकेको र अझै अपुग कुराहरू ब्यबस्थापनका लागि सरोकारवाला निकाय बिच सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो । बिगतका बर्षहरू भन्दा नगरक्षेत्र भित्रको शैक्षिक स्थितिमा निकै सुधार आएको पनि नगरप्रमुख भामले बताउनु भयो ।
सहयोग समाज जागरण केन्द्र स्याक नेपालको संयुक्त आयोजनामा गत ४ देखि ६ गतेसम्म छायाँनाथ नगरपालिकाको होराइजन होटल, गमगढीमा तालिम सम्पन्न भएको थियो । तालिमको सहजीकरण पुरुषोत्तम गिरीले गर्नु भएको थियो ।
Leave A Comment