दौतरी शिक्षा प्रशिक्षण सम्बन्धी प्रस्तावना पेश सम्बन्धमा
प्रथम पटक सूचना मिति २०८१।०८।१४ गते
दोस्रो पटक सूचना मिति २०८१।०८।१९ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि दौतरी शिक्षा सहजकर्ता आवश्यक परेकोले गर्नु पर्ने भएकोले इन्छुक व्यक्तिले यहि मिति २०८१।०८।१९ देखि २०८१।०८।२३ गते ३ बजेसम्म आवश्यक कागजात प्रस्तावना पत्र पेश गर्न आब्हान गरिन्छ प्रस्तावना पत्र कार्यालय वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ । यदि प्रस्तावना पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा पेश गर्न सकिनेछ । अनलाईनबाट प्रस्तावना पत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । प्रस्तावना पत्र पेश गर्न sacquotation@gmail.com मा पेश गर्न सकिनेछ । यदि प्रस्तावना पत्रमा पासवाड नराखी पेश गरेमा प्रस्तावना छनौट प्रक्रियामा समावेस गरिने छैन । प्रस्तावना पत्र मिति २०८१।०८।२३ गते दिउसो ३:१० बजे खोलिने जानकारी गराईन्छ । यदि प्रस्तावना पत्र खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा प्रस्तावना पत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
Leave A Comment