रास्कोट नगरपालिकामा रहेका आधारभुत तहका शिक्षकहरुको क्षमता विकास गर्नका लागि पाठ्यक्रममा आधारित शिक्षण सिकाई तालिम दिइएको छ । आधारभुत तह कक्षा २ देखि ३ सम्ममा अध्यापन गराउने शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्वन्धि कष्टमाइज्ड तालिम दिइएको छ । समाज जागरण केन्द्र स्याक नेपालकाे आयोजना र शिक्षा यूवा तथा खेलकुद शाखा रास्कोट नगरपालिकाको समन्वयमा ५ दिने तालिम दिइएको स्याक नेपालका शिक्षा अधिकृत धुर्वनाथ योगीले बताउनु भयाे ।
गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा स्थानिय तहको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत रास्कोट नगरपालिकाको शिक्षा क्षेत्र सुधार गर्नका लागि र बालवालिकाको सिकाई स्तर बृद्धि गर्नका लागि १५ वटा आधारभुत तह विद्यालयका २८ जना शिक्षकहरुको सहभागितामा ५ दिने तालिमको आयोजना गरि आज समापन गरिएको योगीले जानकारी दिनुभयो । रास्कोट नगरपालिकाको शैक्षिक सुधार गर्ने अभियान, शैक्षिक क्रान्तीको नारालाई पुरा गर्नका लागि र गुणस्तरीय शिक्षाका लागि स्याक नेपालले शिक्षक, विव्यस, जनप्रतिनिधि शैक्षिक सरोकारवाहरुको क्षमता विकास तालिम गोष्ठि सँगै शिक्षा सम्वन्धि विभिन्न निति नियम तथा कार्ययोजना तयार पार्ने काम गरिरहेको छ ।
५ दिने तालिमले एकिकृत पाठ्यक्रमको अवधारण सित परिचित हुन र नेपालको एकीकृत पाठ्यक्रमका विशेषताहरु पहिचान गर्ने, आधारभुत तह कक्षा १ देखि ३ सम्म को पाठ्यक्रममा आधारित पाठ्यसामाग्रीको विशेषताहरु पहिचान गर्ने, पाठ्यक्रम तथा पाठ्यसामाग्री बिचको अन्तर सम्वन्ध पहिचान गर्ने र एकीकृत विषयक्षेत्रहरु पहिल्याउन र एकीकृत सिकाइ सहजिकरण प्रक्रिया बताउने जस्ता उद्देस्य पुरा गर्ने लक्ष्य लिइएको छ । शिक्षा श्रोतव्यक्ती लक्ष्मी प्रसाद बरालको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बराल रहनु भएको थियो भने तालिमको सहजिकरण पुरुषोत्तम गिरीले गर्नुभएको थियो । विद्यार्थिको भविस्य निर्माण गर्नका लागि र उनिहरुलाइ गुणस्तरीय शिक्षाका लागि आधारभुत तह बलियो हुनपर्छ ।
Leave A Comment