
बृहत् विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन दुई दिने तालिम सम्पन्न
छायाँनाथरारा नगरपालिकाको समन्वयमा स्याक नेपाल (समाज जागरण केन्द्र नेपाल) को आयोजनामा बृहत् विद्यालय सुरक्षा तथा जलवायु अनुकूलनसम्बन्धी दुई दिने शिक्षा तालिम गमगढीमा सम्पन्न भएको छ। उक्त तालिममा छायाँनाथरारा नगरपालिकाका १५ ओटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकसहित ३० जनाको उपस्थिति रहेको स्याक नेपालका शिक्षा अधिकृत नरेन्द्र बहादुर रावलले जानकारी दिनुभयो। तालिमका क्रममा सहभागीहरूले […]









