हरेक वर्ष जुन ५ तारिख मनाइने विश्व वातावरण दिवस २०८२ को अवसरमा बराहताल गाउँपालिका वडा ५ मा कार्यक्रममा SHIFteen को नेतृत्वमा र्याली , वृक्षारोपण र वक्तृत्वकला प्रतियोगिता गरेर वातावरण दिवस मनाइएको थियो । “प्रकृति संरक्षण प्रतिको हाम्रो प्रतिबद्धता” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरणीय संरक्षणलाई व्यक्तिगत तथा सामूहिक अभ्यासमा रूपान्तरण गर्न कार्यक्रम गरिएको थियो ।
श्री जनज्योति माध्यमिक विद्यालय बड्डीचौरको आयोजना र सेभ द चिल्ड्रेन द्वारा आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपाल द्धारा सञ्चालित माई फरेस्ट चाइल्ड परियोजनाको सहजिकरणमा बराहाताल गाउँपालिका वडा ५ बड्डीचौरमा विश्व वातावरण दिवस मनाइएको थियो ।
जसमा विद्यार्थी र शिक्षक बराहताल गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, नेपाल प्रहरीका ट्राफिक प्रतिनिधि, सव–डिभिजन वन कार्यालय बड्डीचौरका वन रक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र समाज जागरण केन्द्र (स्याक) नेपालका कर्मचारीहरुको समेत सहभागी थिए ।
सोही अवसरमा बिहान बड्डीचौर बजारबाट र्याली सुरु भई विद्यार्थीको नेतृत्वमा भएको र्याली बराहताल गाउँपालिकाको कार्यालय र बड्डीचौर बजार हुँदै विद्यालयमा पुगेर र्याली सम्पन्न भएको थियो । कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई सहभागी भएका थिए । र्यालीको उदघाट गर्दै वडा न ५ का वडा अध्यक्ष धिमराज जोल्मीले विश्व वातावरण दिवसको महत्वको बारेमा जानकारी दिए ।
विद्यालयको परिसर भित्र ७० वटा रूखका बिरुवाहरु पनि वृक्षारोपण गरिएको थियो। बराहताल–५ बड्डीचौर नर्सरीबाट ३० वटा अमला, ३० वटा ब्ररो र १० वटा लप्सीका बिरुवाहरू गरि गरि जम्मा ७० वटा विरुवाहरु रोपिएका थिए । वृक्षारोपण अघि, बड्डीचौर सव–डिभिजनका वन प्राविधिक हर्क बहादुर विश्वकर्माले वृक्षारोपणमा कसरी गर्ने भन्ने बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सँयुक्त रुपमा विरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरेका थिए ।
त्यसैगरी दिवशमा वक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो । विश्वव्यापी रूपमा प्लास्टिक प्रदूषण अन्त्य भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । कक्षा ७ देखि कक्षा १० सम्मका १६ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
कार्यक्रम SHIFteen निशा सिजालीले कार्यकर्मको उद्धघोषक गरेकी थिइन् । जसमा कक्षा १० की छात्रा हिमा सुनार प्रथम , कक्षा ८ छात्रा बिपना खत्री दोस्रो र कक्षा १० कै छात्रा पुष्पा सिजाली तेस्रो स्थान प्राप्त गरेकी थिइन ।
विद्यालयमा जंक फूडको प्रयोग न्युनिकरण गर्ने, विद्यालय भित्र प्लास्टिकको फोहोरको उचित व्यवस्थापन गर्ने र भविष्यमा पुन प्रयोग गर्ने प्रयोगको लागि बोतलमा प्लास्टिक भण्डारण गर्ने विद्यार्थी र शिक्षकहरूको सामूहिक प्रतिबद्धताका साथ कार्यक्रम समापन भयो ।
Leave A Comment