सवारी साधन लिलाम बिक्रीको सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८३ मंसिर ३ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३२ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । यस कार्यालयले कार्य सम्पादन गर्ने क्रममा विभिन्न मिति तथा समयमा खरिद गरी आफ्नो स्वामित्वमा रहेका पुरानो तथा हाल प्रयोगमा नरहेका तपशिलका सवारी साधनहरु लिलाम विक्रि गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ। उक्त वोलपत्रको म्याद सुचना प्रकाशन भएको मिति देखि सात (७) दिन रहनेछ ।
तपशिल
लिलाम बिक्री गरिने सवारीसाधनको विवरण
S.N |
Vehicle No |
Model |
HRS Power/CC |
Prepared/ Model Date |
Purchase Date |
Chassis No |
Engine No |
Renewal Status |
Minimum Price |
Remarks |
1 |
BHE.4PA 6296 |
Bajaj Discover 125 T |
124.59 |
2013 AD |
2078.04.05 |
MDRA5C23DWF25565 |
JE2WDF24422 |
2083.06.01 |
25,029.50 |
Two-wheeler |
2 |
BHE.9PA 8194 |
HERO G1MO45 |
124.7 |
2014 AD |
2070.11.14 |
MRLAA06AHEGB00736 |
JA06EJEGB03223 |
2083.07.25 |
14,069.30 |
Two-wheeler |
3 |
KA.PRA02001PA 1742 |
Bajaj Discover 125 M |
124.58 |
2014 AD |
2072.07.30 |
MD2A57BZ8EWF05781 |
PAZ00EF81359 |
2084.04.24 |
25,609.39 |
Two-wheeler |
4 |
KA.PRA02001PA 1737 |
Hero Moto Cup Xtreme Sport |
149.2 |
2018 AD |
2075.04.14 |
MBCRCS204JGG00336 |
K12EHJGG00400 |
2084.04.24 |
39,058.84 |
Two-wheeler |
5 |
KA.PRA.02001 PA 1740 |
Honda Unicorn |
149.2 |
2010 AD |
2070.03.16 |
MC4KC097BA8036207 |
KC09E4131534 |
2084.04.24 |
25,825.86 |
Two-wheeler |
सवारी साधन लिलाम बिक्री सम्बन्धी शर्तहरुः
१. इच्छुक व्यक्ति फर्म वा कम्पनी कार्यालय समयमा सम्पर्क गरी लिलाम बिक्रीमा राखिएको मोटरसाइकल निरीक्षण गर्न सक्नेछन् ।
२. बोलपत्रदाताले संस्थाले उपलब्ध गराएको बोलपत्र फाराममा आफ्नो प्रस्तावित रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
३. प्रस्तावित रकम अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ ।
४. बोलपत्रदाताले आवश्यक व्यक्तिगत परिचय खुल्ने कागजातको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। (व्यक्तिको हकमा नागरिकता र प्यान नं. को प्रतिलिपि फर्म तथा कम्पनीको हकमा प्यान, दर्ता, नवीकरण कर चुक्ता प्रतिलिपि)
५. बोलपत्रदाताले एक वा सम्पुर्ण मोटरसाईकलको बोलपत्र पेश गर्न सक्ने छन, यस्तो अबस्थामा प्रत्येक मोटरसाईकलको नं. उल्लेख गरि छुटाछुटै खाम बन्दी गर्नुपर्ने छ ।
६. बोलपत्र सिलबन्दी खाममा राखी खामको बाहिर मोटरसाइकल लिलाम बोलपत्र’ उल्लेख गर्नुपर्नेछ। साथै मोटरसाइकल नं. पनि उल्लेख गर्नु पर्ने छ ।
७. बोलपत्र तोकिएको मिति र समयभित्र SAC Nepal सुर्खेत कार्यालयमा पेश गर्नुपर्नेछ ।
८. बोलपत्रदाताले मोटरसाइकलको वास्तविक अवस्था बुझेर मात्र बोलपत्र पेश गर्नुपर्नेछ ।
९. न्यूनतम मूल्यभन्दा कम रकम प्रस्ताव गर्ने बोलपत्र स्वीकार गरिने छैन ।
१०. प्राप्त बोलपत्रहरू संस्थाले गठन गरेको लिलाम विक्री समितिबाट मूल्याङ्कन गरिनेछ ।
११. संस्थाको निर्धारित मापदण्ड पूरा गर्ने र स्वीकारयोग्य सबैभन्दा बढी रकम प्रस्ताव गर्ने बोलपत्रदातालाई प्राथमिकताका आधारमा छनोट गरिनेछ ।
१२. छनोट भएको बोलपत्रदाताले संस्थाले तोकेको समयभित्र सम्पूर्ण कबोल रकम भुक्तानी गर्नुपर्नेछ ।
१३. तोकिएको समयभित्र रकम भुक्तानी नगरेमा संस्थाले बोलपत्र रद्द गर्न सकिनेछ ।
१४. संस्थाले आवश्यक कारणसहित कुनै वा सबै बोलपत्र अस्वीकार गर्ने अधिकार सुरक्षित राख्नेछ ।
बोलपत्र पेश गर्ने अन्तिम मिति तथा बोलपत्र खोल्ने समय
- बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३/०८/०९ गते कार्यालय समयभित्र।
- बोलपत्र पेश गर्ने स्थान: SAC Nepal सुर्खेत कार्यालय।
- बोलपत्र खोल्ने मिति: २०८३/०८/१० गते
- बोलपत्र खोल्ने समय: बिहान १० बजे
थप जानकारी तथा मोटरसाइकल निरीक्षणका लागि कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
थप जानकारीका लागी
लिलाम विक्री समिती
समाज जागरण केन्द्र (स्याक) नेपाल
फोन नं. ०८३५२१२८२
मोवाइल नं. ९८५७८५३२४७

