जिल्ला स्तरीय युवा सञ्जाल सुर्खेतकाे क्षमता अभिबृध्दि सम्बन्धि दुई दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ। सेभ द चिल्ड्रेनकाे आर्थिक र प्राविधिक सहयोगमा समाज जागरण केन्द्र (स्याक ) नेपालले सञ्चालन गरेकाे पावर फर एवाई परियोजनाकाे आयोजना र आशा सन्जाल सुर्खेतको समन्वयमा शुक्रबारदेखि सञ्चालित क्षमता अभिवृध्दि तालिम आज सम्पन्न भएकाे हाे । तालिममा खिम रेग्मीले प्रशिक्षण गर्नुभएकाे थियाे । नेतृत्व विकास, दीगाे विकास लक्ष्य र नेपालकाे संविधान, युवा नीतिमा रहेका युवा सम्बन्धिका प्राव्धान र यूवाकाे भूमिका बारे प्रशिक्षण गरिएकाे थियाे । तालिमकाे समापनका क्रममा स्याक नेपालका कार्य समिति सदस्य यसाेदा विक ले युवाहरूले समुदायमा राम्राे काम गरेमा समाज रूपान्तरण हुने बताउनुभयाे। युवाहरूले बाल विवाह, विभेद लगायतका समस्या न्यूनीकरण तथा समाज जागरणमा याेगदान गर्न आवश्यक रहेकाे उहाँले बताउनुभएकाे थियाे । तालिममा सहभागी चाैकुने गाउँपालिकाका विष्णु विवेक ढुङ्गानाले तालिमले युवाहरूका सवालमा काम गर्न अझ सजिलाे हुने बताउनुभयाे । अर्का सहभागी साधना बिकले आफूहरूले तालिमले पुर्नताजकी मिलेकाे बताउनु भयाे ।
Leave A Comment