सुर्खेतको सिम्ता गाउँपालिकामा वृहत विद्यालय सुरक्षाको न्युनतम मापदण्ड सम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय र सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको हो।
“गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानीय तहको क्षमता विकास सवलीकरण कार्यक्रम अन्तर्गत” विद्यालय स्तरीय विपद् व्यवस्थापन समितिका वृहत विद्यालय सुरक्षा सम्पर्क शिक्षकहरुका लागि वृहत विद्यालय सुरक्षाको न्युनतम मापदण्ड सम्बन्धी ५ दिने क्षमता विकास तालिम ” सम्पन्न भएको हो। ०८२ साल भाद्र २२ गते देखि सञ्चालन भएको तालिम जेन्जी आन्दोलका कारण २४ गते देखि स्थगित गरी पून: भाद्र ३१ देखि असोज १ गते सञ्चालन गरी सम्पन्न भएको हो ।
तालिम सिम्ता गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षता तालिम सम्पन्न भएको हो । प्रकोप तथा विपद् अवस्थाका कारण र प्रभावबारे जानकारी दिने, जोखिम पहिचानका विधि र औजारबारे जानकारी दिने तथा शिक्षा क्षेत्रमा जलवायु परिवर्नतको असरहरुबारे सम्पर्क शिक्षकलाई प्रशिक्षण गराउने उदेश्यले तालिमको आयोजना गरिएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत तुल्सी खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार,हरित विद्यालय र जलवायु परिवर्तन अनुकुलन र न्युनिकरणका कार्यहरु, बृहत् विद्यालय सुरक्षासम्बन्धी नीतिगत र कानुनी प्रावधानबारे जानकारी दिने र विद्यालय सुरक्षा योजना तथा वार्षिक कार्य तालिकामा र अन्य योजनामा एकीकरण गर्नु तालिमको उद्देश्य रहेको छ।
Leave A Comment