सुर्खेत । सुर्खेतको बाहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा व्यवसाय सञ्चालन गरेका युवा उद्यमीहरुबीच सिकाई आदान प्रदान गरिएको हो । समाज जागरण केन्द्र स्याक नेपालको आयोजनामा युवा उद्यमीहरुबीच सिकाई आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा स्याक नेपालले सञ्चालन गरिरहेको पावर फर ए वाई परियोजना मार्फत सुर्खेतका बराहताल र वीरेन्द्रनगर नगरपालिकाका युवाहरुलाई उद्यमशिलतामा सहयोग गरिएको छ । सोही परियोजनाको सहयोग एवं सहजिकरणमा व्यवसाय गरिरहेका उद्यमी बनेकाहरुबीच व्यवसाय संचालन गर्दा प्राप्त गरेका अनुभव, भोगेका चुनौती तथा समाधानका उपाय लगायतका विषयमा अनुभव आदान प्रदान गरिएको हो । कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुभएका वीरेन्द्रनगर नगरपालिका १२ नं. वडाका वडा अध्यक्ष चुडामणि चपाईले युवाहरुले सञ्चालन गरेका उद्यमशिलता प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताउनुभयो । नेपालमै उद्यम गरेर बस्न सकिन्छ भन्ने उदारण बनेको भन्दै अध्यक्ष चपाइले युवाहरुको साथमा स्थानीय सरकार रहेको प्रतिबद्धता जनाउनुभयो । स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले उद्यमशितामा लागेका युवाहरुलाई टिकाउनका लागि सरोकारवाला सबै पक्षले आ–आफ्नो ठाउँबाट प्रोत्सहान गर्न आवश्यक रहेको बताउनुभयो । स्याक नेपालले सधै समाज रुपान्तरणका क्षेत्रका काम गर्दै आएको उल्लेख गर्दै अध्यक्ष शर्माले आर्थिक सशक्तिकरणका लागि विपन्न समुदायका युवाहरुलाई उद्यमी बन्न सहयोग गरेको बताउनुभयो ।
समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np
Leave A Comment