डाेल्पाकाे ठुलीभेरी नगरपालिकामा किशोर-किशोरीकाे सवालमा नगर प्रमुख र नगरपालिका भित्रका सामुदायिक विधालयमा अध्ययनरत बालबालिका बिच अन्तरक्रिया भएकाे छ। BMZ काे सहयाेग, प्लान इन्टरनेशनल नेपालकाे साझेदारीमा, ठुलीभेरी नगरपालिकाकाे समन्वय र समाज जागरण केन्द्र (स्याक ) नेपाल द्वारा संचालित किशोरी सशक्तीकरण परियोजना अन्तरगत ठुलीभेरी नगरपालिकामा किशोर-किशोरीकाे सवालमा जनप्रतिनिधि सँग संवाद कार्यक्रम सम्पन्न भएकाे हाे।
ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढा संग नगरपालिका भित्रका सामुदायिक विधालयमा अध्ययनरत बालबालिकाले सामुदायिक विधालयमा शैक्षिक तथा भाैतिक अवस्थाबारे जानकारी गराएका थिए । बालबालिकाले सामुदायिक विधालयमा कक्षा काेठा तथा भाैतिक संरचनाहरु व्यवस्थित गर्नु पर्ने, बालविवाह लगाएतका कुसंस्कार विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानहरुमा किशोरीमैत्री वातावरणकाे आवश्यक रहेकाे माग राखेका थिए। यस्तै संवादकाे क्रममा याैन तथा प्रजनन स्वास्थ्यकाे विषयमा पनि छलफल गरिएको छ। अध्ययन गर्दा गर्दै बालविवाह गर्ने प्रचलन रहेकाे हुदा यस बाट पर्ने असर र यसलाई राेकथाम गर्न खेल्नु पर्ने भुमिकाकाे विषयमा पनि छलफल गरिएको थियाे।
सरस्वती मावि दुनै, आदर्श मावि जुफालका बालबालिकाले आफु अध्ययनरत विधालय, समुदाय र सार्वजनिक स्थानमा हुने किशोर किशोरी समस्याबारे प्रत्यक्ष नगर प्रमुख संग संवाद गरेका हुन।
सहभागी बालबालिकालाई नगर प्रमुख सुवर्ण कुमार बुढाले नियमित रुपमा विधालयमा सहभागी भइ पठनपाठन गर्न आग्रह गरेका छन। विधालयमा भएका समस्यालाई नगरपालिकाले समाधान गरिदिने बाचा गर्दै नगर प्रमुख बुढाले अबका दिनमा आफुले आफै बिच प्रतिस्पर्धा गर्ने वातावरणकाे बानी बसाल्न बालबालिकालाई आग्रह गरेका हुन। सामुदायिक विधालयमा शिक्षककाे उपस्थित कस्ताे छ..? पढाइको वातावरण कस्तो छ..? घरमा कसरी पढाइकाे म्यानेज गरिन्छ…? भनेर नगर प्रमुख बुढाले बालबालिका संग जानकारी लिएका छन ।
किशोर-किशोरीकाे सवालमा जनप्रतिनिधि सँग संवाद कार्यक्रममा नगर प्रमुख सुवर्ण कुमार बुढा, नगर प्रबक्ता सुवास कठायत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नविर कठायत, शिक्षक विधार्थी, नगरपालिकाका विषयगत शाखाका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियाे । संवाद कार्यक्रमकाे सहजीकरण स्याक नेपाल किशोरी सशक्तीकरण परियाेजनाका अनुगमन तथा मुल्यांकन संयाेजक चिरञ्जीवी पाैडेलले गरेका थिए।
Leave A Comment