सुर्खेतको बिरेन्द्रनगर नगरपालिका भित्र रहेका चार सामुदायिक बिद्यालयमा अध्ययनरत अति जेहेन्दार, बिपन्न तथा अपाङ्गता भएका ९ जना बालवालिकालाई शैक्षिक छात्रबृति (ब्रसरी सहयोग) प्रदान गरिने भएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र स्याक नेपालको आयोजनामा भएको एक कार्यक्रममा बैंक, बित्तिय संस्था र नीजी क्षेत्रसँगको दोस्रो चरणको सहकार्य कार्यक्रम अन्तर्गत उक्त प्रतिबद्धता जनाइएको हो ।

निजी क्षेत्र नाफामूलक गतिबिधिमा मात्र सिमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा सात जना वालवालिका लाई ३ बर्ष र २ जना वालवालिका लाई १ बर्षसम्म शैक्षिक सहयोग खर्च ब्यहोर्ने जिम्मा लिइएको छ ।
कार्यक्रम अन्तर्गत शुभ होटेल सुर्खेत प्रा.लि.ले अमरज्योति माध्यामिक बिद्यालय नेवारेमा कक्षा १२ मा अध्ययनरत पूर्णीमा रावत र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक बिद्यालय इत्राममा कक्षा ९ मा अध्ययनरत मनबुजा थापाको लागि ३ बर्ष सम्म शैक्षिक सहयोग गर्ने भएकोछ । यस्तै होटेल स्टेभ्याली भ्यू सुर्खेतले अमरज्योति माध्यामिक बिद्यालय नेवारेकी कक्षा ९ की छात्र सुस्मा चन्दको तीन बर्षसम्मको पढाईको जिम्मेवारी लिएको छ ।
एस.एस.स्टेशनरी सुर्खेतले पनि जनसेवा माध्यामिक बिद्यालय घुस्राकी कक्षा ९ की छात्र शर्मिला शमार्, के.पी.ब्याबसायिक प्रा.लि.सुर्खेतले शिव माध्यामिक बिद्यालय लाटीकोइलीकी कक्षा ८ की छात्रा सृष्टि सिंह, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले अमरज्योति माध्यामिक बिद्यालय नेवारेकी कक्षा ९ की छात्र स्मृति सुनार लाई तीन तीन बर्ष सम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिएका हुन ।
त्यसै गरी डि नमस्ते होटेल सुर्खेतले शिव माध्यामिक बिद्यालय लाटीकोइली का कक्षा ८ का छात्र सचिन चौधरीको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ । यता लाइन्स क्लब अफ सुर्खेत काँक्रेबिहार ले पनि श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक बिद्यालय कक्षा ११ का बिद्यार्थी टीका बि.क.को एक बर्ष र मालिका डेस्कटप सुर्खेतले जनसेवा माध्यामिक बिद्यालय घुस्राकी कक्षा ९ की छात्रा गोमा खत्रिको एक बर्षको लागि शैक्षिक छात्रबृति दिने भएका छन ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले सहयोग पाउने वालवालिकाहरुले अध्ययनमा निरन्तरता,अनुशासन र लगनशिलता देखाउनुपर्ने बताउदै सहयोगी दाताहरुले गरेको प्रतिशद्धता बीचमै नछोड्न आग्रह गर्नु भयो । उहाँले सहयोगी दाताले जिम्मा लिएका अवधी पूरा नगरे वालवालिकाको भबिष्य अन्योलमा पर्नसक्ने भन्दै निरन्तरतामा जोड दिनुभयो ।
यस्तै सेभ द चिल्डेन सुर्खेत फिल्डका कार्यक्रम ब्यबस्थापक बालमुकुन्द महतले सुरुवाती चरणमा बार्षिक १२ हजार रुपैयाका दरले सहयोग सुरु गरिएको जानकारी दिंदै यसले भावी पुस्तामा सकारात्मक सोच र प्रेरणा सृजना गर्ने बिश्वास ब्यक्त गर्नुभयो । समाज जागरण केन्द्र स्याक नेपाली अध्यक्ष मिनाकुमारी तिवारीको अध्यक्षता भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष मिनाकुमारी तिवारीले बुलगारी मोडेल मार्फत कर्णालीमा बालवालिकाको क्षेत्रमा योगदान पुरयाउने लक्ष्य सहित कार्यक्रम अघि बढाइएको बताउदै निजी क्षेत्रलाई जेहेन्दार,अति बिपन्न तथा अपाङ्गता भएका बालवालिकाको अभिभावकीय भूमिकामा निर्वाह गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सहयोगीदाता र समाज जागरण केन्द्र स्याक नेपाल बिच दुई पक्षीय सम्झौता समेत गरिएको छ । कार्यक्रमको उद्देश्य स्वागत तथा प्रस्तुतिकरण सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक प्रेम पुन गर्नुभएको थियो भने कार्यक्रमको संचालन स्याक नेपालका कार्यक्रम अधिकृत हरि कोईराला ले गर्नु भएको थियो ।
कार्यक्रममा सुर्खेत जिल्ला स्थित बैक बित्तिय संस्था निजी क्षेत्र, सुर्खेत उद्योग बाणिज्य संघ,पत्रकार वालवालिका, अविभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।


Leave A Comment