सिलवन्दी दरभाउपत्र टेन्डर आव्हान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८१ कार्तिक ३
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत डोल्पा जिल्लामा संचालित कार्यक्रममा आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०७।०३ देखि २०८१।०७।२० गते दिनको ११:३० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/०८१) सहित सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र टेन्डर संस्थाको कार्यालयबाट प्राप्त वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समय भित्र पेश गर्नुपर्ने छ । सिलवन्दी दरभाउपत्र टेन्डर अनलाई मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न sacquotation@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डरमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र टेन्डर मिति २०८१।०७।२० गते दिउसो ११:४० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र टेन्डर खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
सिलवन्दी दरभाउपत्र टेन्डरको छनौटका आधारहरु
क) स्टेशनरी सामाग्रीहरु तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
ख) होटल सेवा तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय ५
३) हल क्षमता २.५
४) कार्यअनुभव २.५
५) वस्तु तथा सेवाहरुको गुणस्तर ५
६) कोठाहरुको संख्या २.५
ग) कम्पुटर, टोंनर तथा प्रिन्टर मर्मत तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
घ ) गाडी भाडा तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
ङ ) मोटर साइकल मर्मत तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर तथा मर्मत गुणस्तर ५
च ) इन्धन (पेट्रोल तथा डिजल ) तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
५) सामाग्रीहरुको गुणस्तर १०
छ ) फ्लेस प्रिन्ट तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) सामाग्रीहरुको मौज्दात २.५
४) कार्यअनुभव २.५
५) सामाग्रीहरुको गुणस्तर ५
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
खरिद उपसमिति
Leave A Comment