समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर १२ , सुर्खेत
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित सूचना: मिति: २०८२ आसाढ २९ गते
लेकबेशी नगरपालिका, सुर्खेत, हेल्भेटास नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित खानेपानी योजनाको सुचारुपना अभिवृद्धिका लागि अनुगमन तथा मर्मत सम्भार प्रणालीमा सुधार (हेल्लो धारा) परियोजनाबाट खानेपानी तथा सरसफाइ योजनाहरूको मर्मतका लागि प्रयोग हुने विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले सिलबन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरू र सामग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामग्रीहरू सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
शर्तहरू:
१. दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।
- सिलबन्दी दरभाउपत्र पाइने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, प्रधान कार्यालय , वी.न.पा. १२, सुर्खेत
- सिलबन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:Quotation Form
२. दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:
- दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८२/०४/०४ गते १२:०० बजे भित्र
- दरभाउपत्र बुझाउने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, वी.न.पा. १२, सुर्खेत
३. म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
४. सिलबन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:
- मिति: २०८२/०४/०४ गते १२:३० बजे
- स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, वी.न.पा. १२, सुर्खेत
- सिलबन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
५. सामग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामग्री ढुवानी पश्चात खरिदकर्ताले सामग्रीको गुणस्तर चेकजाँच र प्राप्त गरे पछि आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।
६. दरभाउपत्रदातालाई सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेखित कुनै कुरामा द्विविधा वा जिज्ञासा भएमा स्पष्ट गरी दिन सिलबन्दी दरभाउपत्र तथ्याङ्क सम्बन्धी विवरणमा उल्लेख भएको समयावधी भित्र सोही विवरणमा उल्लेख भएको ठेगानामा लिखित रुपमा अनुरोध गर्न सकिनेछ ।
७. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरू वा माध्यमबाट नै गरिने छ ।
८. दर्ता भएका सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस समाज जागरण केन्द्र (स्याक) नेपाल मा सुरक्षित रहनेछ ।
Leave A Comment