समाज जागरण केन्द्र (स्याक) नेपालको ३० औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । तीन वर्षका लागि स्याकको साधारणसभाले मीनाकुमारी तिवारी शर्माको अध्यक्षमा १० सदस्य कार्य समिति चयन गरेको हो ।उपाध्यक्षमा गंगा गुरुङ, महासचिव शोभा तिवारी, सचिवमा राधा भण्डारी र कोषाध्यक्ष मनिषा रुपाखेती चयन भएकी छन् । सदस्यहरुमा चौहान सिंह राना, यशोदा वि.क. अकवर खान, किरण किशोर सापकोटा, गीता बोहरा छन् ।
संस्थामा ११ जना कार्य समिति हुनु पर्ने प्रावधान छ । हाल १० सदस्य रहेको नवनिर्वाचित कार्य समितिले पछि एक सदस्य मनोनित गर्ने अध्यक्ष तिवारीले जानकारी दिइन् ।
नयाँ कार्यसमितिले संस्थाको विद्यान अनूसार निर्मला शर्माको संयोजत्वमा आन्तरिक लेखा परिक्षण समिति समेत गठन गरेको छ । समितिको सदस्यमा गणेश प्रसाद पौड्याल र गीता खनाल छन् ।
Leave A Comment