वीरेन्द्रनगर सुर्खेतमा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको Pathways to Wellbeing, Empowerment and Resilience for Adolescents and Youths (POWER4AY) Project अन्तरगत वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा रहेका युवा उद्यमीहरुलाई बजार प्रर्वद्धनको लागि डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै (POWER4AY) Project का फोकल पर्सन एवम समाज जागरण केन्द्र स्याक नेपालका कार्य समिति सदस्य नबराज खड्काले सीप सिकाइसँगै व्यवसायको बजारीकरणका लागि डिजिटल मार्केटिङ अहिलेको आवश्यकता भएको बताउनु भयो । प्रविधिको विकास र इन्टरनेटको पहुँचले ग्रामिण वस्तीहरुमा समेत किनमेलका लागि अनलाइन बजार विकल्पका रुपमा भएकाले साना उद्यमीलाई तालिमले थप सहयोग गर्ने बताउनु भयो ।
युवा उद्यमीका लागि सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक प्रेम पुनले उत्पादन तथा सेवाको बजार विस्तारका लागि डिजिटल मार्केटिङ शसक्त माध्यम भएकाले प्रयोगमा प्राथमिकता दिन आग्रह गर्नुभयो । यस्तै सहभागि युवा उद्यमीले डिजिटल मार्केटिङ सम्बन्धिको सिकाईलाई व्यवहारमा उतार्नुपर्ने (POWER4AY) परियाेजना संयोजक अम्बिकला सलामी मगरले बताउनु भयो ।
डिजिटल मार्केटिङ सम्बन्धि सहजीकरण क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका मानबहादुर वलीले गर्नुभएको थियो ।
समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np
Leave A Comment