डोल्पाको ठुलिभेरी नगरपालिका ३ मा पर्ने सरस्वती माध्यामिक बिद्यालयमा कक्षा ८ मा पर्ने छात्रा बिनिता महतारा एक दिनकालागि जिल्ला समन्वय समितिका प्रमुख बनिन् ।
प्रमुख बनेपछि उनले गाउँ समाज बड्दै गएको भ्रष्टाचार सुधार गर्ने,अस्पतालमा पर्याप्त दरवन्दी ल्याउने,बिद्यालयमा समग्र शैक्षिक सुधार गर्ने प्रतिवद्धता व्यक्ति गरिन् ।
त्यतिमात्र नभई तीनै तहको सरकारबाट सञ्चालित विकास योजनाहरुको प्रभावकारी अनुगमन गर्ने र आवश्यक समन्वय गर्ने समेत बताइन् ।
आधारभुत तहमा पढ्दै गरेकी उनलाई जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले एक दिनकोलागि कार्यभार सुम्पिदै काम कर्तव्य र अधिकार सम्झाएका थिए ।
समाज जागरण केन्द्र नेपाल र प्लान इन्टरनेशनल नेपालद्धारा संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा दुर्गम क्षेत्रका किशोर किशोरीको नेतृत्व क्षमता विकास गर्नुकासाथै सुनिश्चित भविश्य निर्माणकालागि गल्स टेकवभर कार्यक्रम प्रभावकारी बनेको जिल्ला समन्वय समितिका प्रमुख रोकायले बताए ।
त्यतिमात्र नभई किशोर किशोरीलाई नेतृत्व प्रति सकारात्मक मोह बडाउन तथा कुशल नेतृत्वको विकास गर्नकालागि यस्ता कार्यक्रमहरु भइराख्नु पर्ने उनको धारणा छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकाका करिब बीसवटा बिद्यालयमा अध्ययनरत किशोर किशोरीको नेतृत्व सिप विकास गर्नकालागि यस्ता कार्यक्रमहरु गर्ने ग्रिएको समाज जागरण केन्द्र नेपालका प्राविधिक संयोजक बिनय कुमार थारुले बताए ।
दुई वटा स्थानीय तहका बिद्यालयहरुमा किशोरी क्लब गठन गर्ने र तीन बर्षसम्म किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा कार्यक्रम सञ्चालन गर्ने गरिएको स्याक नेपालका अनुगमन तथा मुल्याङ्कन संयोजक चिरञ्जिवि पौढेलले बताए ।
प्लान इन्टरनेशनल नेपालका परियोजना विशेषज्ञ सन्तोष पुलामीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np
Leave A Comment