सिलवन्दी दरभाउपत्र (टेन्डर) आह्वान सम्बन्धी सूचना ।
मिति २०८२ असार १७
पटक प्रकाशित मिति २०८२ असार १७
समाज जागरण केन्द्र नेपाल (स्याक) वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८२/२०८३ र २०८३/२०८४ को लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८२।०३।१७ देखि २०८२।०४।०५ गते दिउसो २:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/२०८१) सहित सिलबन्दी दरभाउपत्र (टेन्डर) पेश गर्न आह्वान गरिन्छ । सिलवन्दी दरभाउपत्र (टेन्डर) फारम संस्थाको कार्यालयवाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र (टेन्डर) पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहनेहुदा सिलवन्दी दरभाउपत्र (टेन्डर) पेश गर्न सकिनेछ । सिलवन्दी दरभाउपत्र (टेन्डर) अनलाईन मार्फत पनि पेश गर्न सकिनेछ । अनलाईनबाट सिलबन्दी दरभाउपत्र (टेन्डर) पेश गर्दा PDF फर्मेटमा पासवर्ड राखि पेश गर्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र (टेन्डर) sacquotation@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलबन्दी दरभाउपत्र (टेन्डर) मा पासवर्ड नराखी पेश गरेमा टेन्डर छनौट प्रक्रियामा समाबेस गरिनेछैन । सिलवन्दी दरभाउपत्र टेन्डर मिति २०८२।०४।०५ गते दिउसो २:३० बजे खोलिने जानकारी गराईन्छ । विस्तृत जानकारी टेन्डरमा उल्लेख गरिएको छ ।
तपशिल
१. होटल वस्तु तथा सेवा Hotel Tender Annex
२. स्टेशनरी सामाग्रीहरु Stationery Tender Annex
३. गाडी सेवा Vehicle Tender Annex
थप जानकारीका लागी
खरिद उप समिती
समाज जागरण केन्द्र (स्याक) नेपाल
फोन नं. ०८३५२१२८२
Leave A Comment