बराहताल गाउँपालिकाको बड्डिचौरमा युवा उद्यमीका लागि डिजिटल मार्केटिङसम्बन्धी तालिम २०८२ कार्तिक २६ मा सम्पन्न भएको छ । सूचना प्रविधिको तीव्र विकाससँगै स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको प्रचार–प्रसार र बजार विस्तारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले उक्त तालिम संचालन गरेको हो । Pathways to Wellbeing, Empowerment and Resilience for Adolescents and Youths (POWER4AY) परियोजनाअन्तर्गत बराहताल गाउँपालिकाका युवा उद्यमीहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको थियो । तालिमका क्रममा बोल्दै स्याक नेपालका हरिभक्त कोइरालाले व्यवसायको विकासका लागि सीपसँगै बजार प्रर्वद्धनका उपाय सिक्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रविधिको विस्तार र इन्टरनेटको सहज पहुँचले ग्रामीण क्षेत्रमा समेत अनलाइन व्यापार सम्भव भएकाले साना उद्यमीलाई यस किसिमको तालिमले थप लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, परियोजना संयोजक अम्बिका सलामी मगरले सहभागि युवा उद्यमीहरुले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमा उद्यमशीलताको क्षेत्रमा ठुलो परिवर्तन सम्भव हुने बताउनुभयो । तालिममा बराहताल गाउँपालिकाका विभिन्न वडाबाट ३० जना युवा उद्यमीको सहभागिता रहेको थियो । तालिमको सहजीकरण क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका मानबहादुर वलीले गर्नुभएको थियो ।

समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np


Leave A Comment