।।। टेन्डर आव्हान सम्बन्धी सूचना ।।।
मिति २०८१ आश्विन ०९ गते
पटक प्रकाशित मिति २०८१ श्रावण २२ गते
दोस्रो पटक प्रकाशित मिति २०८१ भाद्र १४ गते
तेस्रो पटक प्रकाशित मिति २०८१ आश्विन ९ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायहरू सँगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ का लागि आवश्यक पर्ने विभिन्न खाले वस्तु तथा सेवा खरिदका लागि टेन्डर आह्वानको पहिलो र दोस्रो पटक गरिएको सूचना अनुसार यस संस्था अन्तरगत छायानाथ नगरपालिका रारा मुगु¸खाँडाचक्र नगरपालिका कालीकोट¸रास्कोट नगरपालिका कालिकोट, नारायण नगरपालिका दैलेख, सान्नी त्रिबेणी गाउपालिका कालिकोट र सिम्ता गाउपालिका सुर्खेत लगायतका क्षेत्रहरुबाट होटेल सेवाका लागि प्रयाप्त मात्रामा तथा रित पुर्वक टेन्डर फारामहरु प्राप्त नभएकोले ७ दिनको म्याद राखि पुनः तेस्रो पटक टेन्डर आह्वानको सूचना प्रकाशित गरिएको छ तेस्रो पटक सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९/०८० हरुको प्रतिलिपि संलग्न राखि सिलवन्दी टेन्डर पेश गर्न सम्वन्धित सवैलाइ आब्हान गरिन्छ । साथै यस पुर्वको टेन्डर फाराममा उक्त क्षेत्रहरुमा उपलव्ध हुन नसक्ने वस्तु तथा सेवाहरु समावेश भएकोले सो समेत लाइ परिमार्जन गरिएको व्यहोरा समेत सम्वन्धित सवैका लाग यसै सूचना मार्फत जानकारि गराइन्छ ।
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१ टेन्डर फारमको प्रत्येक पानामा सप्लायर्सको अनिवार्य रुपमा छाप तथा हस्ताक्षर हुनुपर्ने छ ।
२ प्रति इकाइको मूल्य अंक र अक्षरमा उल्लेख गर्नुपर्ने छ । यदि प्रति इकाई मूल्यमा केरमेट भएमा हस्ताक्षर तथा छाप अनिवार्य लगाउनु पर्ने छ ।
३ टेन्डर फारम सुचनामा उल्लेख भएको फारममा नै दररेट उल्लेख गर्नु पर्ने छ । सोहि अनुसार नभएमा टेन्डर अस्वीकृत गरिने छ ।
सिलवन्दी दरभाउपत्र टेन्डरको छनौटका आधारहरु
क) होटल सेवा तर्फ
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय ५
३) हल क्षमता २.५ ४) कार्यअनुभव २.५ ५) वस्तु तथा सेवाहरुको गुणस्तर ५ ६) कोठाहरुको संख्या २.५
७) पाकिङ्गको सुविधा २.५
नोटः
१) टेन्डर फाराम संस्थाको प्रधान कार्यालय वीनपा १२ सुर्खेत/संस्थाको सम्वन्धित क्षेत्रका फिल्ड कार्यालय वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ ।
२) पेस गर्ने अन्तिम मिति : २०८१/०६/१५ गते साझ ५ :०० बजे
३) टेन्डर खोलिने समय २०८१/०६/१५ साझ ५:१५ बजे
Leave A Comment