टेन्डर आव्हान सम्बन्धी सूचना
पटक प्रकाशित मिति २०८१ भाद्र २९ गते
दोस्रो पटक प्रकाशित मिति २०८१ असोज ११ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्ष देखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने तपशिलका वस्तु खरिदका लागि फर्महरुले यहि मिति २०८१।०५।२९ देखि २०८१।०६।१५ गते दिउसो ५:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९/०८०) सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र फारम संस्थाको कार्यालयवाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा सिलवन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । सिलवन्दी दरभाउपत्र अनलाईन मार्फत पनि पेश गर्न सकिनेछ । अनलाईनबाट सिलवन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र पेश गर्न vacancysac1995@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउ पत्रमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र मिति २०८१।०६।१५ गते दिउसो ५:१० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
तपशिल
सिलवन्दी दरभाउपत्रको छनौटका आधारहरु
ग) विऊ विजन तर्फ कोटेशन फारम
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय १०
३) कार्यअनुभव २.५
४) उद्यारो दिनसक्ने समय २.५
५) वस्तु तथा सेवाहरुको गुणस्तर ५
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१ सिलवन्दी फारमको प्रत्येक पानामा सप्लायर्सको अनिवार्य रुपमा छाप तथा हस्ताक्षर हुनुपर्ने छ ।
२ प्रति इकाइको मूल्य अंक र अक्षरमा उल्लेख गर्नुपर्ने छ । यदि प्रति इकाई मूल्यमा केरमेट भएमा हस्ताक्षर तथा छाप अनिवार्य लगाउनु पर्ने छ ।
३ शिलबन्दी कोटेशन फारम सुचनामा उल्लेख भएको फारममा नै दररेट उल्लेख गर्नु पर्ने छ । सोहि अनुसार नभएमा शिलबन्दी कोटेशन अस्वीकृत गरिने छ
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
खरिद उपसमिति
नोटः
१) टेन्डर फाराम संस्थाको प्रधान कार्यालय वीनपा १२ सुर्खेत/संस्थाको सम्वन्धित क्षेत्रका फिल्ड कार्यालयवाट पनि प्राप्त गर्न सकिनेछ ।
२) पेस गर्ने अन्तिम मिति : २०८१/०६/१५ गते साझ ५ :०० बजे
३) टेन्डर खोलिने समय २०८१/०६/१५ साझ ५ :१० बजे
Leave A Comment