समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक प्रकाशित मिति २०८१।०१।२८ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ ।
लुथ्रन वल्ड फ्रेडेशनको आर्थिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको SEEMPLe र LICED कार्यक्रम अन्र्तगत कृषकहरुलाई उद्यम सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८१।०२।३० गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आवहन गरिन्छ ।
कोटेशनको विवरणः
क्रस कोटेशनको स्थान कोटेशन फारम
१ कुखुराको चल्ला र दाना चौकुने गापा सुर्खेत Quotation Form
प्रस्तावना पेश गर्ने दिने विधिः
प्रस्तावना पेश गर्न इच्छुक सहजकर्ता तथा फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९/८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) सहित शिलबन्दी वा इमेल मार्फत PDF मा पासवाड राखि प्रस्तावना पेश गर्न हुन जानकारी गराईन्छ । कोटेशन संस्थाबाट, स्याक नेपालको वईवसाइड प्राप्त गर्न सक्नु हुनेछ । प्रत्येकको छुट्टा छुटै शिलबन्दी कोटेशन पेश गर्नु पर्ने छ । कोटेशन पेश गर्ने अन्तिम मिति २०८१।०२।३० गते साझ ५ः०० बजेसम्म रहनेछ । इमेलमार्फत कोटेशन पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि प्रस्तावना पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएतापनि कोटेशन सोहि दिन पेश गर्नु पर्ने जानकारी गराईन्छ । कोटेशन खोल्ने समय २०८१ जेष्ठ ३० गते दिनको ५ः१० बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र खरिद उपसमितिले पूर्ण वा आशिंक कुनै पनि कोटेशन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
कोटेशन पेश गर्ने इमेल ः vacancysac1995@gmail.com
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
Leave A Comment