कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८१।०७।१४)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, अपाङ्गता/विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाका विभिन्न स्थानीय तहहरुमा कार्य गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा कर्णाली प्रदेश सरकार र विभिन्न स्थानीय तहको समन्वय एवम् विभिन्न साझेदार संस्थासंगको साझेदारीमा सञ्चालित कार्यक्रमहरुमा विभिन्न कारणले रिक्त हुन आएका तपसिल अनुसारका पदहरुमा कर्मचारी आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं.: ०४।२०८१।०८२
पद: वरिष्ठ कार्यक्रम संयोजक (Senior Program Coordinator)
आवश्यक संख्या: १ जना
कार्यक्रम: Breaking Barriers for Girls in Dolpa
कार्यस्थल: परियोजना कार्यालय, दुनै डोल्पा
कार्यक्षेत्र: ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा (नियमित रुपमा फिल्ड जानुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- ज्नस्वास्थ्य विषय वा अन्य कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी प्रजनन स्वास्थ्य सम्बन्धी कार्य अनुभव तथा कार्यक्रम व्यवस्थापन गरेको कम्तीमा ३ वर्षको अनुभव भएको ।
- अन्तरव्यक्ति सञ्चार र सरोकारवालाहरुसंग प्रभावकारी सञ्चार गर्न सक्ने सिप भएको ।
- नेतृत्व, कर्मचारी परिचालन र उत्प्रेरणा गर्न सक्ने सिप भएको ।
- अंग्रेजी र नेपाली दुबै भाषामा परियोजनाको प्रतिवेदन तयार गर्न, प्रस्तुतिकरण गर्न, केस स्टडीहरु लेख्न, नतिजामा आधारित अनुगमन गर्न सक्ने सिप भएको ।
- दूर्गम क्षेत्रमा रहेर कार्य गर्न इच्छुक ।
मुख्य कार्यहरु र जिम्मेवारी: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण मा रहेको छ ।
विज्ञापन नं.: १२।२०८१।०८२
पद: एआरएच सहजकर्ता (Adolescent Reproductive Health-ARH Facilitator)
कार्यक्रम: USAID’s ARH
आवश्यक संख्या: १ जना
कार्यस्थल: लेकवेशी नगरपालिका सुर्खेत (फिल्डवेश)
कार्यक्षेत्र: लेकवेशी नगरपालिकाका विभिन्न वडाहरु
आवश्यक शैक्षिक योग्यता तथा अनुभव
मुख्य कार्य र जिम्मेवारी तथा कार्यविवरण: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण तलको Link मा रहेको छ ।
उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको (सबै पदका लागि)
पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार
प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित दरखास्त दिन सकिनेछ । दरखास्त vacancysac1995@gmail.com मा इमेल मार्फत वा सोझै संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका वा रितपूर्वक पेश नभएका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार तथा अनुचित आर्थिक लेनदेन रोक्नका लागि संस्थाको सम्बन्धित नीतिहरुसहित साझेदार संस्थाको नीतिहरुप्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहलाई मात्र लिखित तथा मौखिकसहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८१।०७।२१ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ । इमेलमार्फत दरखास्त पेश गर्न सकिने भएकाले बिदाका दिन समेत गणना गरिएको छ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Leave A Comment