माघ८,सुर्खेत। सुर्खेतका युवाहरुलाई जिवनउपयोगी सीपसम्बन्धि ५ दिने तालिम प्रदान गरीएको छ ।समाजजागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित पावर फर एवाई परियोजना लागु भएका बराहताल गाउँपालिकावडा नं.४,५,८ र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७,९,१०र १२ का आर्थिक रुपले विपन्न परिवारका १८ बर्ष भन्दामाथि र २४ बर्ष मुनिका ८ जनायुवाहरु लाई सफल जिवनजिउनको लागि आवश्यक पर्ने विभिन्न सीपहरुकोे बारेमा तालिम सञ्चालन भएको पावर फर एवाई परियोजनाका कार्यक्रम संयोजक विनोद पोख्रेलले जानकारी दिनु भएको छ । तालिमका सहभागिहरुले तालिम बाट सिकेका कुरा आफनो जिबनमाउपयोग गर्ने बताएका छन् । तालिमपश्चात युवाहरुलाई अभिप्रेरित गर्ने खालको तालिम रहेकाे सहभागिहरुले प्रतिक्रिया दिएका छन । तालिम समापनमा बोल्दै संस्थाका अध्यक्ष मीना कुमारी तिवारी शर्माले म को हुँ चिन्न आवश्यक छ र परिवर्तन आफैबाट सुरु गर्नु पर्दछ । सहयोगका लागि स्याक नेपालको ढोका जहिले पनि खुल्ला रहेको कुरा बताउदै तालिम समापन गर्नु भएको थियो ।
Read more at: https://onlinejagaran.com/?p=24301
Leave A Comment