समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक प्रकाशित: २०८२-१२-१२ गते
शिलबन्दी कोटेशन माग सम्वन्धमा
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने वस्तु हरु खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरुले यहि मिति २०८२।१२।१२ देखि २०८२।१२।१८ गते १ बजेसम्म आवश्यक कागजात फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८१ र ८२ सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ। सिलबन्दी दरभाउ पत्र फारम तल दिएको लिंकमा किल्क गरेर भर्न सकिनेछ।यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा सिलबन्दी दरभाउ पत्र पेश गर्न सकिनेछ।यदि सिलबन्दी दर भाउपत्रमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन।सिलबन्दी दरभाउ पत्र मिति २०८२।१२।१८ गते दिउसो २ बजे खोलिने जानकारी गराईन्छ। यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन। थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला।
सामग्रीको विवरण
१) Thermos (With Printing)
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१. शिलबन्दी कोटेशनकासाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
( कर चुक्ताको प्रमाण पत्र (२०८१ /२०८२) को प्रतिलिपि
( भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
( कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. छनौटका आधारहरु :
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य : ८० अंक
ग) क्षमता : २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव : २.५ अंक
ई) मौज्दात, कारोवार : २.५ अंक
३. ढुवानी/आपूर्तिका र अन्य शर्तहरुः
समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान
क) परियोजना कार्यलय दुनै , डोल्पा
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ ।
( शिलबन्दी कोटेशनको प्रत्येक पेजमा अनिवार्य रुपमा हस्ताक्षर र छाप हुनु पर्नेछ । यदि उक्त पेशगरेको कोटेशनमा छाप र हस्ताक्षर नभएमा कोटेशन रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
( कोटेशन पठाउदा दिइएको सामग्रीको शिलबन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन । शिलबन्दी कोटेशन फाराम संस्थाको केन्द्रिय कार्यालयमा आइ दर्ता गराउनु पर्नेछ ।
( यदि संस्थालाई थप सामाग्री आवश्यक भएमा २ महिना भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
( सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।
( म्याद नाघी प्राप्त भएका वा रित नपुगेका शिलबन्दी कोटेशनफारामहरु मान्य हुने छैन र त्यस्ता खाले शिलबन्दी कोटेशन फारामहरु रद्द गरिनेछ ।
( कोटेशन फाराममा उल्लेख गरिएका सम्पुर्ण सामग्रीहरुको दररेट उल्लेख भएको हुनुपर्नेछ । यदि कुनै सामग्रीको दररेट उल्लेख नगरेमा त्यस्ता कोटेशन फरामहरु रद्द गरिने छ ।
( सामग्री उपलब्ध गराउदा दिईएको स्पेसिफिकेशन अनुसारको गुणस्तर नभएमा सामग्री बुझ्न समाज जागरण केन्द्र (स्याक) नेपाल बाध्य हुने छैन र स्पेसिफिकशन अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ । पुनः सप्लाई तथा ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायर स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
( प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरकम परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ ।
( यदि प्रति एकाई मुल्यमा केरमेट भएमा सहिछाप अनिवार्य लगाउनु पर्नेछ ।
४. भूक्तानीः
संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
५. सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ)
१) अर्डर गरेको………………दिन
६. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ)
१) कार्यअनुभव छ÷कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)
७.कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः
( शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ चैत्र १८ गते दिउसो १ः०० बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेतमा, वा परियोजना कार्यलय डोल्पा,दुनै सार्वजानिक बिदा भएपनि उक्त दिन कार्यलय खुल्ले भएकोले सोही दिन १ः०० बजे भित्र पेश गर्नहुन समेत जानकारी गराईन्छ ।
( कोटेशन खोल्ने समय २०८२ चैत्र १८ गते दिनको २ः०० बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहबरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न बाधा पर्ने छैन ।
( कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।आफूले कोटेशन भरेको सामग्रीको फोटा समाबेश गर्न सकिनेछ । संस्थालाई थप जानकारी लिन आवश्यक परेमा स्याम्पल पिस पनि माग गर्न सक्नेछ ।
( छनौट भएका आपूर्तीकर्ताले माग गरिएको सामग्रीहरु उपलब्ध गराउन असमर्थ रहेमा संस्थाले कालोसूचिमा राख्न सक्नेछ ।
( यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।
अनुसचि– १ (BOQ)
| S.N | Description | Specification | Unit | Total QTY | Rate | Rate in words | Total Amount (Nrs.) | Remarks |
| 1 | Thermos with Printing
|
750 ml Hot & Cold bottle with sublimation (Multicolour) to address a slogan and adjust for BMZ, PLAN & SAC Nepal Logo.
|
Pcs | 150
|
||||
|
|
Sub Total | |||||||
|
|
13% Vat | |||||||
|
|
Total |
दरभाउदाताको फर्मको छाप
प्रोप्राइटरको नाम: इमेल :
दरखस्त : सम्पर्क फोन न . मिति:
दररेट फारम


Leave A Comment