शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति २०८१।१२।२८
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । UNDP नेपालको आर्थिक सहयोगमा जाजरकोट जिल्लामा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियोजना (RERAS) अंतर्गत कृषकहरुको भकारो र गोठ सुधारका लागि तपसिलमा उल्लेखित सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक फर्महरुले मिति २०८२।०१।०३ गते दिनको ५:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आ.व. २०८०।०८१) सहित शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ । शिलबन्दी दरभाउपत्र फाराम यस कार्यालयबाट वा यस LINK बाट पनि उपलब्ध हुनेछ । यदि शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा पनि सोही दिन शिलबन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र अनलाइनमार्फत पनि पेश गर्न सकिनेछ । अनलाईनबाट शिलबन्दी दरभाउ पेश गर्दा PDF फर्मेटमा पासवर्ड राखी info@sacnepal.org.np मा पेश गर्नुपर्नेछ । यदि शिलबन्दी दरभाउपत्रमा पासवर्ड नराखी पेश गरेमा दरभाउपत्र छनौट प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउ पत्र मिति २०८२।०१।०४ गते दिउंसो १२:०० बजे संस्थाको कार्यालयमा खोलिने जानकारी गराइन्छ । यदि दरभाउपत्र खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुनेछैन । थप विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नुहोला ।
Leave A Comment