सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी तथा सरसफाइसँग सम्बन्धि योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको छ ।
आज लेकवेशी नगरपालिका वडा नम्बर १० को आयोजना, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहजिकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमामा सरोकारवालहरुको सवाफदेहितावृद्धिका लागि वडामा सञ्चालित विभिन्न १० वटा खानेपानीका उपभोक्ता समितिहरुसँग सार्वजनि सुनुवाइ कार्यक्रम गरिएको हो ।
विभिन्न चरणमा वनेका खानेपानी योजनाहरुको सुचारुपन, दिगोपना तथा जवाफदेहिता अभिवृद्धिकालागि सर्वजनिक सुनुवाईको आयोजना गरिएको वडा न. १० का अध्यक्ष प्रशुराम भण्डारीले जानकारी दिनु भयो ।
जसमा, तिजुबोट बरिपाटी खानेपानी, साटाफाट खानेपानी, बाख्रेखोला खानेपानी, साजखोरीया पावर हाउस खानेखपानी, रत्तन गैरा खानेपानी, भुल्केपानी खानेपानी, चिसापानी खानेपानी ,धवेन खानेपानी, मैन्तडा खानेपानी, कालापानी खानेपानी सरसफाई उपभोत्ता समितीको सार्वजनिक सुनुवाई गरिएको हो ।
लेकवेशी नगरपालिका वडा नं १० मा हालसम्म मात्रै ९ सय २५ घरघुरीका ४ हजार ४ सय ३१ जना लाभान्वित भएका छन ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अकंल शाहले नगरपालिका तथा स्याक नेपाल संगको साझेदारीमा संचालित हेल्लो धारा परियोजना निश्चित अवधिकालागि मात्र रहेको र यसलाई सुचारुपन ता दिगोपनाको लागि मुख्य जिम्मेवारी उपभाक्ताको काधंमा रहेको बताउनुभयो ।
यस्तै, लेकवेशी नगरपालिकाका उप–प्रमुख विमला खड्लुकले खानेपानी सञ्चालनमा लगानी गर्ने विभिन्न संघसस्थाहरु र स्थानीय सरकार भएपनी खानेपानी बचाइ राख्ने दाहित्व उपभोक्ताहरुको भएको भन्दै, स्वयम उपभोक्ताहरु नै जागरुक हुनुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा साधारण सभा नभएका योजनाहरुको २०८२ असार मसान्त भित्र सम्पन्न गर्ने र दर्ता नभएका योजानाहरुको नगरपालिकामा २०८२ असार मासान्त भित्र दर्ता गरिसक्ने लगायताका विभिन्न प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रम उप–प्रमुख विमला खड्लुकको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष पशुराम भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अकंल शाह, स्याक नेपालबाट कार्य समिति सदस्य अकबर खान लगायतको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण अकबर खान र नेत्रविक्रम थापाले गर्नुभएको हो ।
Leave A Comment